Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आमा बन्दै अभिनेत्री आलिया भट्ट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १३
आमा बन्दै अभिनेत्री आलिया भट्ट

काठमाडौं । बलिउड अभिनेत्री आलियाले इन्स्टामार्फत आफू गर्भवती भएको जानकारी दिएकी छन् ।

आलियाले आफ्नो पोस्टमा उनको सन्तानको छिट्टै आगमन हुने पनि बताएकी छन् । इनस्टामा अपलोड भएका दुई तस्बिरमध्ये पहिलोमा उनी अस्पतालको बेडमा सुतिरहेकी छिन् र उनको सोनोग्राफी भइरहेको छ । कम्प्युटर स्क्रिनलाई ब्लर गरेर त्यसमा हार्ट इमोजी बनाइएको छ ।

रणबीर र आलिया भट्टले यही वर्षको १४ अप्रिलमा विवाह गरेका थिए ।

आलियाको प्रेग्नेन्सी पोस्टमा उनकी आमा सोनी राजदान र आमाजु रिद्धिमाको पनि प्रतिक्रिया जनाएका छन् । रिद्धिमाले हार्टको इमोजी बनाएकी छन् भने आमा सोनी राजदानले ‘बधाई मामा एन्ड पापा लायन ’ लेखेकी छन् । साथै, करण जोहरले पनि आफ्नो खुसी व्यक्त गरेका छन् ।

 

Top Changing Nepal

युट्युब सट्स