झुक्किएर खातामा तलबको २८६ गुणा बढी रकम पसेपछि कर्मचारी फरार
एकजना कर्मचारीको खातामा दुर्घटनावश तलबको २८६ गुणा बढी रकम गएपछि कम्पनीले पैसा फिर्ता गरिदिन माग गरेको छ ।
गत महिनाको तलबमा यत्ति धेरै रकम पाएपछि ती कर्मचारीले जागिरबाट राजीनामा दिएका छन् र पैसा फिर्ता गरिदिने बचन दिएर फरार भएका छन् । अडिटी सेन्ट्रलका अनुसार चिलीको एक कम्पनी कन्सर्सियो इन्डष्ट्रियल डे एलिमेन्टोसका ह्युमन रिसोर्स डिपार्टमेन्टका कर्मचारी हाल अत्यधिक तनावमा छन् । दुर्घटनावश, उनीहरुले आफ्ना एक कर्मचारीलाई १६५,३९८,८५१ चिलियन पेसोस (१,८०,००० डलर) अर्थात् लगभग २ करोड २८ लाख रुपैयाँ एक महिनाको तलब स्वरुप पठाएका थिए ।
ती कर्मचारीको वास्तविक तलब ५००,००० पेसोस (५४२ डलर) अर्थात् लगभग साढे ६८ हजार रुपैयाँ थियो । तर अहिले ती कर्मचारीले तलब दिन मानेका छैनन् । उनले आफ्नो जागिरबाट राजीनामा दिएका छन् र हाल फरार छन् । फलस्वरुप, कम्पनीसँग अन्य कुनै विकल्प बाँकी नरहेपछि कानुनी उपचार थालिएको छ । चिलीको पत्रिका डियारियो फाइनेन्सियोरोले गत मे ३० तारिखमा कम्पनीका सहयोगीले मासिक तलबमा भएको गडबडीबारे उपप्रबन्धकलाई जानकारी दिए ।
कम्पनीको अकाउन्ट हेरेपछि तलबमा करोडौँ रकम बढी खर्च भएको उपप्रबन्धकले पाए । यसबारे अनुसन्धान तीब्र पारियो । तत्पश्चात् कम्पनीले खासमा आफ्ना एक कर्मचारीलाई दुर्घटनावश उनको तलबभन्दा २८६ गुणा बढी रकम भुक्तानी गरेको पत्ता लगाए । त्यसपछि ती कर्मचारीलाई बढी रकम कम्पनीलाई फिर्ता दिन आग्रह गरियो ।
ती कर्मचारीले भोलिपल्ट बिहानै बैंक जाने र पैसा फिर्ता दिने बाचा पनि दिए तर कम्पनीको खातामा उक्त रकम आएन । कम्पनीले पुनः ती व्यक्तिलाई सम्पर्क गर्न खोज्दा उनीसँग सुरुमा सम्पर्क हुन सकेन । केही समयपछि ती कर्मचारी सम्पर्क हुन सक्यो र आफू त्यसदिन धेरै सुतेको र तत्काल बैंक गएर पैसा फिर्ता गरिदिने आश्वासन दिए । तर उनले यस्तो भने गरेनन् ।
जुन २ तारिखमा उनले कम्पनीलाई राजीनामा पत्र बुझाइदिए । ती कर्मचारी हाल फरार रहेको बताइन्छ । तसर्थ कम्पनीले उनीविरुद्ध कानुनी उपचार थालेको छ । कम्पनीले ती कर्मचारीबाट कम्तीमा १,८०,००० डलर प्राप्त गर्ने आशा राखेको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

