काठमाडौंका सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न नपाइने जनाइएको छ ।
महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै अब सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको जनाएको छ । महानगरका अनुसार महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी विसौनीस्थल, सरकारी कार्यालय या कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न नपाइने भएको हो ।
साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक या सांस्कृतिक कार्यमा माग्नेको हकमा भने यो नियम लागु हुने छैन । साथै, महानगरको सूचनाको उल्लंघन गरेमा सम्बद्ध सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


