बजेटसम्बन्धी तीनवटा विधेयक पारित
जानकारी केन्द्र
२०७९, असार, १७
काठमाडौं । राष्ट्रिय सभाले बजेट आश्रित तीन विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो । पारित गरेसँगै उक्त विधेयक प्रतिनिधिसभामा पठाइएको छ । उक्त विधेयक प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो ।
राष्ट्रिय सभाले पारित गरेर फेरि प्रतिनिधिसभामै सन्देशसहित विधेयक फिर्ता पठाएको हो । अब प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितका उक्त विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसपछि प्रमाणीकरणका लागि उक्त विधेयक राष्ट्रपतिकहाँ पठाइनेछ । साथै, प्रतिनिधिसभाको बैठक २० असारमा बोलाइएको जनाइएको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


