Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

केएमसीमा हत्याको आशङ्कापछि शव उठेन, परिवार धर्ना बस्दै..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १९
केएमसीमा हत्याको आशङ्कापछि शव उठेन, परिवार धर्ना बस्दै..

काठमाडौं । बुद्दनगरमा रहेको केएमसी स्कुलको होस्टल क्यान्टिनकी कर्मचारी शनिवार राति झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्सक गोपाल चौधरी सहितको टिम घटनास्थलमा राति नै पुगेका थिए । तर, हाल मृत फेला परेकी २१ वर्षीया रमा रायमाझीको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिएका छन् ।

समयमा घर नआएपछि उनकी बहिनी गोमा रमालाई खोज्दै स्कुल पुगेकी थिइन् । जहाँ उनैले दिदिलाई झुन्डिएको अवस्थामा फेला पारेको जनाइएको छ । मृतकका दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशङ्का गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन् ।

त्यस्तै, मृतकका बुबा आमा पनि काभ्रेबाट काठमाडौं आएपछि केएमसीले समयमा तलब नदिएको र एक दिन पनि छुट्टि नदिएको आरोप लगाएका छन् । उनले काम गरे तापनि घरैबाट खर्च पठाइने गरेको जनाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स