सम्झना बिर्सना’ को दोश्रो ट्रेलर सार्वजनिक
काठमाडौं । ३१ असारबाट प्रदर्शनमा आउँदै गरेको फिल्म ‘सम्झना बिर्सना’को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । यसले फिल्मको प्रचार प्रसारमा थप टेवा पुर्याउने भनिएको छ ।
हाल निर्माण युनिट फिल्मको प्रचार प्रसारमा जुटेका छन् । सार्वजनिक भएको उक्त ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ प्रति पूजा शर्माको वान साइड लभ देख्न सकिन्छ । निमेष प्रधानको लेखन निर्देशक रहेको फिल्मको ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । चिया बगानका मजदुरका समस्याले समेत ट्रेलरमा प्राथमिकता पाएको देखिएको छ ।
फिल्म दार्जिलिङ, सिलगुढी, सिक्किम लगायतका रमणीय स्थानमा छायांकन भएको हो । आकाश र पूजाको अलवा फिल्ममा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा गायतको भुमिका रहेको छ । अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्म आदित्य फिल्मस्को प्रस्तुतिमा निर्माण भएको हो ।
यसैगरी, शिब ढकालले छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्ममा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङको संगीत छ । कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्दैछ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


