Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेपालसँगै विदेशमा पनि रिलिज हुँदै ‘२ नम्बरी’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १९
नेपालसँगै विदेशमा पनि रिलिज हुँदै ‘२ नम्बरी’

काठमाडौं । ४ कार्तिकमा रिलिज हुने फिल्म ‘२ नम्बरी’ कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डन, दक्षिण कोरिया, दुबई लगायतका देशमा पनि रिलिज हुने जनाइएको छ ।

दुई साथीबीचको को मित्रताको कथामा बनेको फिल्ममा, दयाहाङ राई, उपासना सिंह ठकुरी, सौगात मल्ल, उगेन छोदेन लगायतका कलाकारको अभिनय छ । उक्त फिल्ममा दीपेन्द्र लामाको निर्देशन रहेको छ ।

फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विदेशका यी देशका फिल्म रिलिज पक्का भएको बताए । नेपालीले भने, ‘फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशबाट फिल्मको राम्रो माग आएको छ ।करिब दर्जन बढी देशमा एकसाथ रिलिज गर्ने कसरतमा हामी छौँ ।’

 

 

naima expoTop Changing Nepal

युट्युब सट्स