गुल्मीमा चट्याङ्ग लागेर बालकको मृत्यु
जानकारी केन्द्र
२०७९, असार, २१
काठमाडौं । गुल्मीको अग्लुङ्ग नेपाने गाउँमा चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ ।
मदाने गाउँपालिका–१ मा पर्ने दिगाउँमा गुन्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको चट्याङ्ग लागेर मृत्यु भएको हो । आज बिहान करिव ४ बजे घरमा सुतिरहेको बेला एक्कासी चट्याङ्ग लागेर घाइते भएका विष्टको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले बताए ।
उनले जिल्लाकै छत्रकोट गाउँपालिका–६ दौघामा पनि चट्याङ्ग लागेर टोप बहादुर लम्तरीको गोठको भैंसी मरेको बताए । त्यस्तै, अबिरल वर्षाका कारण इस्मा गाउँपालिका–१ तरिखर्कका बिनबहादुर रेस्मीको पहिरोले गोठ भत्किँदा एउटा भैंसी मर्नको साथै करिव सवा दुई लाख बराबरको क्षती भएको जनाइएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


