Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

नेप्सेमा गयो पहिरो, कारोबार रकम पनि खुम्च्यो..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २३
नेप्सेमा गयो पहिरो, कारोबार रकम पनि खुम्च्यो..

काठमाडौं । बिहीबार नेप्से परिसूचक १६.६० अंक घटेर २०२७.३२ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स पनि ३.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंक घटेको छ।

यस दिन कारोबार रकममा पनि गिरावट आएको छ । आज २२९ स्टकको ३१ हजार २७६ कारोबारमा १ अर्ब ८० करोड ६२ लाख रुपैयाँ बराबरको ४७ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

कारोबार रकमका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। जहाँ कुल ७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यसैगरी, यस दिन अरुण काबेली र शिवम् सिमेन्ट्सको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज कुल ४६ वटा स्टकको मात्र मूल्य बढेको छ । मूल्य बढेका स्टकको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। अत्याधिक गुमाउनेमा समिट लघुवित्तको लगानीकर्ता परेका छन् । जसको शेयरमूल्य सर्वाधिक ५.२० प्रतिशत घटेको छ । त्यस्तै, लिबर्टी इनर्जीको ५ प्रतिशत, नयाँ सारथी लघुवित्तको ३.९७ प्रतिशत, गुराँस लघुवित्तको ३.८४ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको ३.६४ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाट अरु सबैको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०।६६ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

 

Top Changing Nepal

युट्युब सट्स