Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आईजीपी सिंह र मेयर शाहबीच ट्राफिक तथा फोहोर व्यवस्थापनबारे छलफल गर्न भेटवार्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २४
आईजीपी सिंह र मेयर शाहबीच ट्राफिक तथा फोहोर व्यवस्थापनबारे छलफल गर्न भेटवार्ता

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बिच भेटवार्ता भएको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयमा भेटघाट र छलफल भएको हो । उक्त भेटवार्तामा काठमाडौंको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको छ । साथै, मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे छलफल भएको छ ।

यसैगरी, प्रहरी महानिरीक्षकको सचिवालयले ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात गर्नेबारे आईजीपी र मेयर शाहको बिचमा छलफल भएको जनाएको छ । उपत्यकामा सिसिटिभी बिस्तार र चोरी नियन्त्रणका लागि कम्यूनिटी साइरन जडान गर्ने बारे छलफल गरिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स