नेविसंघ त्रिचन्द्र पुनर्निर्माणको माग गर्दै प्रदर्शनमा
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणको माग गर्दै त्रिचन्द्र क्याम्पस अगाडी सडकमा प्रदर्शन गरेको छ ।
उनीहरुले ‘सेभ त्रिचन्द्र’ अभियान अन्तर्गत प्रदर्शन गरेका हुन् । जहाँ ‘प्रधानमनत्री शेरबहादुर देउवा ज्यू तपाईले पढेको कलेज कहिले बन्ने?’, ‘सेभ त्रिचन्द्र, सेभ घण्टाघर, नो इफ बट’, ‘भ्यू टावर बन्ने, त्रिचन्द्र नबन्ने।’ लगायतका नारासहितका प्लेकार्डहरु प्रदर्शन गरिएको छ ।
उक्त अभियान अन्तर्गत क्याम्पस परिसरमा कविता, गीत, गजल वाचनको कार्यक्रम पनि राखिएको छ । गत मंगलबार बिहान त्रिचन्द्र क्याम्पसका जिर्ण भवन र घण्टाघरमा सेभ त्रिचन्द्र लेखिएका ब्यानर पनि टाँगिएको थियो । नेविसंघले अघिल्लो हप्ता क्याम्पस अगाडिको सडकमै पढेर विरोध जनाएको थियो । नेविसंघले शिक्षा मन्त्रालयले पनि हालसम्म पुनर्निर्माणमा चासो नदिएको भन्दै दबावमुलक कार्यक्रम गर्दै आएको छ ।
त्रिचन्द्रको घण्टाघर तर्फको भवनमा २०७२ को भूकम्पले क्षति गरेपछि अति जोखिमको संकेतसहित रातो स्टिकर लगाइएको थियो । भवन पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणल खट्ने भनिए तापनि पुर्निर्माण नगर्दै प्राधिकरणको म्याद सकिएर शिक्षा मन्त्रालयलाई जीम्मा लगाइएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


