त्रिविको परीक्षामा लापरबाही, नेविसंघद्वारा पदाधिकारीको राजीनामा माग
काठमाडौं । नेविसंघले त्रिभुवन विश्वविद्यालयले एकपछि अर्को परीक्षामा लापरबाही गरेको जनाएको छ ।
निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाउने, गत वर्षकै प्रश्नपत्र यसपालि पनि हुबहु दोहोर्याउने र फरक विषयका प्रश्नपत्र वितरण गरी विद्यार्थीको भविष्यमा गम्भीर आघात पुर्याउने काम त्रिविबाट भइरहेकै नेविसंघको आरोप छ।
त्रिविले असार २२ मा व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३ः अर्गनाइजेशन बिहेव्यरको प्रश्नपत्र मोर्डन नेपाल कलेजको प्रि-बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको छ । साथै, असार २५ गते बिबिए छैटौं सेमेस्टरको नेप्लिज सोसाइटी एण्ड पोलिटिक्स एसओसी २०२ विषयको परीक्षामा पाँचौं सेमेस्टरको सोसोलोजीको प्रश्न सोधिएकोमा विद्यार्थीले विरोध गरेका थिए ।
अध्यक्ष दुजाङ शर्माले जारी गरेको विज्ञप्तिमा त्रिविको यस्तो गैरजिम्मेवार, शंकास्पद तथा लापरवाहीपूर्ण कदमप्रति नेविसंघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । यसअघि त्रिविले गत जेठमा एमए तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयका प्रश्नपत्रहरू गत वर्षकै हुबहु दोहोर्याएको थियो । ‘उक्त घटनाको छानबिन गर्न गठित छानबिन समितिद्वारा तयार पारिएको प्रतिवेदन आजसम्म सार्वजनिक नगर्नु, दोषीलाई उम्काउने चलखेल गर्नु, पटकपटक परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रहार गरिरहनु, बिचौलियारनिजी कलेजसँग साँठगाठ गरिरहनु, आदि घटनाले विश्वविद्यालयका पदाधिकारी तथा जिम्मेवार निकायहरू पतित भएको पुष्टि भैसकेको छ,’ नेविसंघले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
परीक्षाजस्तो संवेदनशील विषयमा लापरबाही भएकोले त्रिवि पदाधिकारीले राजीनामा दिनुपर्ने नेविसंघको माग छ । ‘प्रश्नपत्र निर्माण तथा नियमन गर्ने निकायका जिम्मेवार व्यक्तिहरू तथा सम्पूर्ण विचौलियाहरूलाई कार्बाहीको दायरामा नल्याएको खण्डमा त्रिविविरुद्धमा नेविसंघ आन्दोलनको आँधिबेहरी सिर्जना गरि जस्तोसुकै कदम पनि उठाउन बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


