बालिकालाई फिल्ममा हिरोइन बनाइदिने भनी ३० हजारमा बिक्री
काठमाडौं । भोजपुरी फिल्मका हिरोइन बनाइदिने भन्दै १५ वर्षीय बालिकालाई बिक्री गर्ने दुई जना पक्राउ परेको जनाइएको छ ।
पर्सा प्रहरीले बालिकाले बिक्री भएको ठाउँबाट भागेर आइ दिएको बयानका आधारमा दुई अभियुक्तलाई पक्राउ गरेको छ । भारत बिहार जिल्ला सितामढी, बासपट्टी पचरा बस्ने २२ बर्षीय रोशन तिवारी र साविक रौतहट जिल्ला गौर नगरपालिका वडा नं. २ की ४० वर्षीया चमेली देवी पक्राउ परेका हुन् ।
चमेली हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा बस्दै आएकी थिइन् । पर्साका प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्कीले उनीहरुलाई वीरगन्जबाट नै पक्राउ गरिएको बताए । अभियुक्तद्वयले बेचेको ठाउँबाट बालीका भागेर आफन्त हुँदै प्रहरी सम्पर्कमा आएकी थिइन् ।
अभियुक्तहरुले भोजपुरी फिल्ममा हिरोइन बनाईदिने भन्दै वीरगन्जकै पीडित बालिकालाई २०७८ साल माघ १२ गते ललाई फकाई लगी एक भारतीयलाई ३० हजारमा बेचेको खुलासा भएको छ । उनलाई किन्ने व्यक्तिले विभिन्न कार्यक्रममा अश्लिल नृत्य गर्न बाध्य बनाई, कसैसँग सम्पर्क गर्न नदिई शारिरीक र मानसिक यातना दिएको पनि बालिकाको प्रहरीमाफ खुलाएकी छन् ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

