Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

विश्वको दशौं दुर्लभ रक्त भएको व्यक्ति गुजरातमा फेला परे..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ३०
विश्वको दशौं दुर्लभ रक्त भएको व्यक्ति गुजरातमा फेला परे..

काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातको ६५ वर्षीय व्यक्तिमा दुर्लभ रगत समूह ईएमएम नेगेटिभ पत्ता लगाइएको छ ।

उक्त समूहलाई अन्य रक्त समूह ए, बी, ओ वा एबीमा वर्गीकृत गर्न सकिँदैन । उनी हृदय रोगबाट पीडित छन् । मानव शरीरमा ए, बी, ओ, आरएच, र डफी सहित ४२ विभिन्न प्रकारका रक्त प्रणालीहरू छन् । सुरतको समपूर्ण रक्तदान केन्द्रका चिकित्सक सम्मुख जोशीका अनुसार हृदयघातपछि अहमदाबादमा उपचार गरिरहेका ती वृद्धलाई मुटुको शल्यक्रियाका लागि रगत आवश्यक थियो ।

तर अहमदाबादको प्रथमा प्रयोगशालामा उनको रगतको समूह पहिचान गर्न नसकेपछि सुरत रक्तदान केन्द्रमा नमुनाहरू पठाइएको थियो । पछि ती वृद्धको रक्त समूह भारतमा पहिलो र विश्वको दशौं घटना भएको पत्ता लाग्यो । इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजन (आइएसबीटी)ले यसलाई ईएमएमः नेगेटिभ भनेर तोकेको छ ।

ईएमएम विभिन्न प्रकारका ३७५ एन्टिजनहरूमा पनि उच्च मात्रामा उपस्थित हुन्छ । विश्वमा हालसम्म ९ जनामा मात्रै दुर्लभ रगतको समूह छ । यी अत्यन्त दुर्लभ रगत समूह भएका मानिसहरूले अरूबाट रगत दान र प्राप्त गर्न सक्दैनन् ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स