स्वास्थ्यमा ज्वानोका फाइदाहरु..
ज्वानो धेरै स्वस्थ्यकर मसला हो । यसले हाम्रो दैनिक जीवनमा देखिने स्वास्थ्य समस्याहरुलाई सजिलै समाधान गर्न सक्छ ।
हामीले सहज तरिकाले दुई चम्चा भुटेको ज्वानो एक कप पानीमा एक रात ढडाएर राख्ने र विहान यसलाई उमालेर, ज्वानो छानेर, सेलाएर वा नउमालीकन छानेर मात्र पनि खाली पेटमा पिउन सकिन्छ । यसको दैनिक सेवनले रोगसँग लड्ने क्षमता बढाउँछ । ज्वानो पोलेको धुवाँले हाम्रो सासप्रश्वासलाई सहज बनाउँछ । यसले हाम्रो पाचनमा सहयोग गर्छ र तौल बढ्न नदिन सहयोग गर्छ ।
भान्सामा ज्वानाको प्रयोगले शरीरको फोहोर निकाल्न, किटाणुविरुद्ध लड्न, घाउहरु भर्न, दुखाई कम गर्न, पेटभित्रको हावाबाट मुक्ति दिनजस्ता फाइदाहरु गर्छन् । यसलाई तराईमा अजमाईन पनि भनिन्छ ।
पातलो कपडामा ज्वानो धुलो राखेर बेलाबेलामा सुँघ्ने गर्दा बन्द भएको नाक, दमका बिरामी, ब्रोन्काइटिस तथा माइग्रेनका कारण टाउको दुख्नेहरुलाई पनि यसले आराम दिने जनाइएको छ । कबजियत भएका बच्चाहरुलाई कबजियत हुँदा, खाना नपच्दा, चिसो वा खोकी लाग्दा पनि ज्वानो खुवाउने गरेका देखिन्छ ।
यसले अपच हुने, पेट दुखाई, पेट पोल्ने, हावा भर्ने, वाकवाकी लाग्ने, आदि जस्ता समस्याबाट राहत प्रदान गर्छ । ग्यास्ट्रिकले छातीसम्म पोलेको जस्तो अनुभूति हुँदा एक चम्चा जिरा, एक चम्चा ज्वानो, आधा चम्चा अदुवाको धुलोलाई पानीमा मिलाएर दुखाई कम नभएसम्म खाँदा निको हुन्छ ।
ज्वानोले पानीमा चियापत्ति वा ग्रीन टी, ज्वानो, अदुवा र अलैँची राखेर उमालेर खाँदा उपयुक्त हुन्छ । त्यस्तै, यसमा दूध हालेर कम्तिमा तीन मिनेटसम्म उमालेर यसरी चिया पिउँदा पनि चिसो लागेको हराउँछ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


