३ करोडको स्मार्ट लाइसेन्स छाप्ने मेसिन बिग्रेपछि आपत..
काठमाडौं । यातायात व्यवस्था विभागले करिब ३ करोडमा किनेको स्मार्ट सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्ने मेसिन एक वर्ष नहुँदै बिग्रिएको जनाएको छ ।
महालेखा परीक्षकको ५९औं प्रतिवेदनले वारेन्टी दिएर किनएको मेसिनको मर्मत पनि नगरिएको औल्याइएको छ । चार थान स्मार्ट कार्ड प्रिन्टर खरिद गर्नका लागि विभाग र एक कम्पनीबीच १५ अक्टोबर २०१७ मा अमेरिकी डलर २ लाख ४४ हजारको सम्झौता भएको थियो ।
महालेखाका अनुसार प्रिन्टरको २४ फेब्रुअरी २०१९ मा जारी गरेको स्वीकार्य प्रमाणपत्रमा वारेन्टी अवधि ३ वर्ष उल्लेख छ । प्राविधिक स्पेसिफिकेसनमा समेत वारेन्टी अवधि ३ वर्ष उल्लेख गरी खरिद सम्झौता भएको देखिएकोले स्वीकार्य प्रमाणपत्रमा जारी मितिले वारेन्टी अवधि २४ फेब्रुअरी २०२२ सम्म अवस्था थियो ।
तर ४ थान स्मार्ट कार्ड प्रिन्टर २०२० देखि नै बिग्रिएको महालेखाले जनाएको छ । आपूर्तिकर्ता कम्पनीले वारेन्टी अवधिमा मर्मत गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । खरिद सम्झौताको विशेष शर्त १५.१ मा स्मार्ट कार्ड प्रिन्टरको १० प्रतिशत भुक्तानी वारेन्टी सकिएपछि मात्र गर्ने उल्लेख छ । तर, वारेन्टी अनुसार मर्मत सुविधा नदिएकोले भुक्तानी बाँकी रहेको १० प्रतिशतले हुने अमेरिकी डलर २४ हजार ४०० को हुने रू.२९ लाख ३२ हजार भुक्तानी गर्न नमिल्ने महालेखाले जनाएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


