फास्ट ट्रयाकमा एमाले र एमाओवादीको बिरोध
सरकारले भारतीय कम्पनी इन्फ्रास्टक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस लिमिटेडसँग सम्झौताको अन्तिम तयारी भईरहेको काठमाडौ फाष्ट ट्रयाकलाई एमाले र एमाओवादीले समर्थन गरेनन ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलको बैठकमा प्रधानमन्त्री शुशिल कोईराला, मन्त्रीहरु, कांग्रेस नेता शेर बहादुर देउवा, रामचन्द्र पौडेल एमालेका तर्फबाट माधब नेपाल, झलनाथ खनाल, भिम रावल र एकिकृत नेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल र शक्ति बहादुर बस्नेत उपस्थीत थिए ।
बैठकमा एमालेले व्यवस्थापिका संसदका समितिहरु र विज्ञहरुले सम्झौता गलत भएकोले यसलाई यथास्थितिमा सहमति गर्न नहुने अडान लिएका थिए ।
एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रहित भएमात्रै प्रक्रिया अगाडि बढाउनु पर्ने,े हालका व्यवस्थाहरु अनुसार सम्झौता बढाउन नसक्ने धारणा राखेका थिए । उपप्रधान मन्त्री बामदेब गौतमले नयाँ सरकार गठनको पुर्वसध्यामा राष्ट्रिय महत्वको विषय अघि बढाउन नहुने तर्क गरेका थिए ।
सो विषयमा काग्रेस पनि विभाजित बनेको थियो । बरिष्ठ नेता शेरबहादुर देउवाले सम्झौता अगाडि बढाउनु पर्ने बताए पनि उपसभापति रामचन्द्र पौडेले यथास्थितिमा सम्झौता राष्ट्र हित नहुने बताएका थिए ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


