शेयर बजार लगातार उकालो, आज २ अर्बमाथि कारोबार..
जानकारी केन्द्र
२०७९, श्रावण, ३
काठमाडौं । आज मंगलबार पनि शेयर बजार उकालो लागेको छ ।
आज शेयर कारोबार मापक नेप्से परिसूचक १६.२० अंकले सुधार भएर २०४५.६३ अंकमा पुगेको छ । कारोबार रकम पनि २ अर्ब २९ करोडको भएको छ ।
आज पनि सर्वाधिक धेरै बढ्नेमा इमर्जीङ नेपाल रहेको छ । हिजो सकारात्मक सर्किट लागेको इमर्जिङको शेयर मूल्य आज भने ८.०१ प्रतिशतले बढेको छ । आकर्षक लाभांश दिने चर्चा सँगै पछिल्लो समय लगानीकर्ताको रोजाइमा परेको शिवम सिमेन्टको आज सबैभन्दा धेरै १५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले शेयर बजार मैत्री मौद्रिक नीति ल्याउने चर्चा सँगै शेयर बजार विगत एक सातादेखि लगातार सुधार भइरहेको छ । नेपाल राष्ट्र बैंकले शेयरधितोकर्जा, बैंक व्याजर, तरलता लगायतका विषयमा सुधार गर्ने गरी मौद्रिक नीति बन्ने हल्ला छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो



