भारतमा उत्खनन रोक्न गएका डीएसपीको टिपरले किचेर हत्या
काठमाडौं । भारतको हरियाणास्थित पचगांवमा अवैद्य उत्खनन रोक्न गएका डीएसपीको हत्या भएको छ ।
बीबीसी हिन्दीले सुरेन्द्र सिंह बिश्नोईको टिपरले किचेर हत्या भएको जनाएको छ । प्रहरीले यस मामिलामा एकजनालाई पक्राउ पनि गरेको छ । प्राप्त भएको पचगांव नजिकको अरावली पहाडमा अवैध उत्खनन भइरहेको सूचनाको आधारमा सिंह मंगलबार दिउँसो १२ बजे एक ड्राइभर र प्रहरीलाई लिएर छापा मार्न पुगेका थिए ।
उनले त्यहाँ पुगेर एउटा सन्दिग्ध टिपरलाई रोकेर आवश्यक कागजपत्र माग गरेका थिए । तर टिपरका चालकले गाडी उनीमाथि चढाएपछि घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
हरियाणा प्रहरीले ट्वीट गर्दै भनेको छ, ‘आफ्नो जिम्मेवारी निर्वाह गर्दैगर्दा डीएसपी सुरेन्द्र सिंहले आफ्नो गुमाएका छन् । हरियाणा प्रहरीको समवेदना पीडित परिवारको साथमा छ । दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी राखिनेछैन ।’
मुख्यमन्त्री लाल खट्टरले सिंहलाई शहीदको दर्जा दिइने र परिवारलाई १ करोड भारुको आर्थिक सहायता तथा एक सदस्यलाई सरकारी जागिर दिने घोषणा गरेका छन् । सिंह १९९४ मा एएसआईमा भर्ती भएका थिए । उनी तावडूमा डीएसपी पदमा तैनाथ थिए । उनी चार महिनापछि रिटायर हुन लागेका थिए ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


