सयपत्री हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै, सर्वसाधारणका लागि कति कित्ता?
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले १३ साउनदेखि सर्वसाधाण्का लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गर्न लागेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागिएको हो । सर्वसाधारणका लागि ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गर्ने जनाइएको छ ।
आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको साधारण सेयर निष्कासन गर्न लागिएको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषलाई र १४ हजार ४२१ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन भर्न सक्नेछन् ।
लगानीकर्ताहरुले स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा १७ साउन र ढिलोमा २७ साउनसम्म न्यूनतम १० देखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


