Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबायालाई सिंगापुरले दियो १४ दिने भ्रमण पास

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ५
श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबायालाई सिंगापुरले दियो १४ दिने भ्रमण पास

एजेन्सी । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुर सरकारले १४ दिने भ्रमण पास प्रदान गरेको ।

सिंगापुरका अध्यागमन अधिकारीहरूले गोटाबाया जुलाई १४ मा ‘निजी भ्रमण’मा देश प्रवेश गरेपछि छोटो अवधिको भ्रमण पास प्रदान गरेको जनाएका छन् । ७३ वर्षीय राजापाक्षे १३ जुलाईमा श्रीलंकाबाट माल्दिभ्स र त्यसपछि सिंगापुर भागेका थिए ।

उनलाई आर्थिक संकट निम्त्याएको आरोप लागेपछि सरकारविरुद्ध जनआन्दोलन चर्कियो । जसकारण, उनले राजीनामा पनि दिए । उनी १४ सिंगापुरमा पुगेपछि राजापाक्षेलाई १४ दिने भिजिट पास प्रदान गरेको दी स्ट्रेस टाइम्स पत्रिकामा समाचार छ । राजापाक्षको सिंगापुर भ्रमणको बारेमा जारी गरिएको विज्ञप्तिमा उनलाई आगमनमा छोटो अवधिको भ्रमण पास (एसटीवीपी) प्रदान गरिएको जनाइएको छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स