ओमानका लागि नवनियुक्त नेपाली राजदूत अर्यालले सम्हाले कार्यभार
एजेन्सी । ओमानका लागि नवनियुक्त नेपाली राजदूत डोरनाथ अर्यालले नेपाली दूतावास मस्कटमा पदभार ग्रहण गरेर कार्यभार सम्हालेका छन् ।
बिहिबार अपरान्ह दूतावासमा राजदूत अर्याललाई दूतावासका कर्मचारीहरूले स्वागत गरेको क्रममा नियोग उपप्रमुख सोमेश थापाले दूतावासको कामकारबाहीबारे अवगत गराएका थिए । राजदूत अर्यालले सेवाग्राहीको सर्वोपरी हितमा केन्द्रित रहेर दूतावासको सेवा प्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त बनाउन निर्देशन दिए । उनले आगामी दिनमा नेपाल र ओमानबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै उपलब्ध स्रोत र सम्भावनाहरूलाई नेपाल र नेपालीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै, मस्कट अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राजदूत अर्यालसहित उनकी श्रीमती स्वदेश अर्याल र छोरा नोबलश्री अर्याललाई ओमानका परराष्ट्र मन्त्रालयका शिष्टाचार महाशाखाका कर्मचारी, मस्कटस्थित अन्य राजदूतहरू एवम् कूटनीतिक कर्मचारी र नेपाली दूतावासका कर्मचारी र नेपाली सोसल क्लब ओमानका अध्यक्ष विकल झा लगायतले स्वागत गरेका थिए ।
यसअघि तत्कालीन केपी शर्मा ओलीको सरकारले सर्मिला पराजुली ढकाललाई ओमनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । उनको कार्यकाल सकिए पनि सरकारले नयाँ राजदूत नियुक्ति नगर्दा उनले नै हालसम्म कार्यभार सम्हालेकी थिइन । नयाँ राजदूत गएपछि सर्मिला स्वदेश फर्किइन् र हाल उनी स्पेनका लागि राजदूत बनेकी छन् ।
सम्बन्धित समाचार
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने

