सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रमा खुलायो आइपीओ
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आजबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ बिक्री खुलाएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
उक्त कम्पनीले कास्कीको मादी गाउँपालिका- १, २ र ३ नम्बर वडाका बासिन्दाका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । जहाँ स्थानीयका लागि जारी पुँजी ८५ करोडको १० प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको छ । स्थानीयले न्युनतम १० र अधिकतम १ लाख कित्ताका लागि छिटोमा साउन २० र ढिलोमा भदौ ५ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
लगानीकर्ताले माच्छापुच्छ्रे बैंक मादी गापा-१ को कार्यालय, पोखराका मुक्तिनाथ विकास बैंक काहुँखोला, बैंक अफ काठमान्डू न्यूरोड र पोखरा फाइनान्स लगायतबाट आवेदन दिन सक्छन् । १३ मेगावटको यो आयोजनाको कुल लागत २ अर्ब ३१ करोड ७६ लाख ५५ हजार छ भने प्रति मेगावट उत्पादन लागत लगभग १७ करोड ८२ लाख ८१ हजार रुपैयाँ छ ।
यसगरी, स्थानीय बासिन्दाका लागि हाइड्रोपावरले बिक्री गरेको सेयरहरु सर्वसाधरणलाई निष्कासन गरेर सेयर बाँडफाँट भएको मितिले ३ वर्ष पुरा नभएसम्म बिक्री वितरण वा हस्तानतरण गर्न पाइने छैन ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


