Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

श्रीलंकाको प्रधानमन्त्री बने दिनेश गुणावर्धने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ६
श्रीलंकाको प्रधानमन्त्री बने दिनेश गुणावर्धने

काठमाडौंः श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । उनी राष्ट्रपति विक्रमसिंघेका सहपाठी हुन् ।

७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए । उनी वामपन्थी महाजन एकथ पेरामुना (एमईपी) पार्टीका नेता हुन् ।

Top Changing Nepal

युट्युब सट्स