नाडा अटो एक्सपो २०२२ स्थगित, यस्तो छ कारण..
जानकारी केन्द्र
२०७९, श्रावण, १०
काठमाडौं । आयोजक नाडा अटोमोबाइल्स एसोसिएशनले ‘नाडा अटो एक्सपो २०२२’ स्थगित भएको जनाएको छ ।
नाडाले यही भदौ ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा एक्सपो गर्ने मिति तय गरेको थियो । नाडाले सोही एक्सपो हाल स्थगित गर्ने निर्णय गरेको छ । सरकारले सवारी साधनको आयात प्रतिबन्ध लगाएपछि यसपटकको एक्सपो नहुने भएको हो ।
सरकारले गत आर्थिक वर्षमा कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध चालू आर्थिक वर्षदेखि खुल्ने भनेको थियो । तर, सरकारले सवारी साधनको आयात झन लम्ब्याउँदै भदौ १४ गतेसम्म पुर्याएपछि एक्सपो स्थगित भएको हो । यस्तै, सरकारले १५० सीसीभन्दा माथिका दुई पाँगे्र सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाएको छ । जसकारण नाडा एक्सपोको आयोजना रद्ध गर्नुपरेको नाडाले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


