बलात्कार आरोपितको पशुपतिमा महायज्ञ
काठमाडौं । पशुपति मन्दिरमा चलिरहेको ‘अतिरुद्र महायज्ञ’ मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो ।
होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन् । उनले ‘बलात्कार आरोपित व्यक्तिले आयोजना गरेको महायज्ञ’ भन्दै विरोध जनाएर हल्लाखल्ला गर्न थालिन् । सार्वजनिक कार्यक्रममा होहल्ला गरेको भन्दै प्रहरीले उनलाई तत्काल पक्राउ गर्यो ।
उनलाई पक्राउ गरेर प्रहरीले महायज्ञको वातावरण शान्त पारे पनि उनको आरोप गम्भीर थियो । महायज्ञ आयोजना बलात्कारका आरोपितबाटै भएको थियो । ‘सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान’ नामक संस्थाले महायज्ञ आयोजना गरेको हो । जसका मुख्य पात्र ‘सिद्धबाबा’ का नामले परिचित कृष्ण गिरी हुन् । उनीमाथि बलात्कारको आरोप छ । सुनसरीको चतराधाम आश्रममा बस्ने सिद्धबाबाविरुद्ध एक महिलाले जबरजस्ती करणी (बलात्कार)को आरोप लगाएकी थिइन् । ती महिलाका अनुसार २०७६ कात्तिक ३ गते राति उनीमाथि सिद्धबाबाले बलात्कार गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

