Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

आजदेखि पोखरामा मेयर सम्मेलन हुँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १३
आजदेखि पोखरामा मेयर सम्मेलन हुँदै

काठमाडौं । आजदेखि पोखरामा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुँदैछ ।

सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुने जनाइएको छ । जहाँ महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ । मेयर धनराज आचार्यले कानूनी अड्चनका विषयमा र महानगरको छुट्टै सन्चालन ऐन बनाउन पनि साझा धारणा खोज्ने विषयमा कुरा गरिने बताए ।

महानगरले छुट्टै सन्चालन ऐनबारे यसअघि छलफल गरे पनि कार्यान्वयन भएन । त्यस्तै, मेयरहरुले महानगर सुधारको साझा धारणा तय गरी एकमुष्ट रुपमा प्रदेश र संघ सरकारमा बुझाउने पनि बताए ।

Top Changing Nepal

युट्युब सट्स