आज शुक्रबारदेखि नेवाः समुदायको गुँला पर्व सुरु..
काठमाडौं । शुक्रबारदेखि नेवाः समुदायमा पनि विशेषतः बौद्ध धर्मावलम्बीहरुले मनाउने गुँला पर्व सुरु भएको हो । यो पर्व करिब १ महिनासम्म चल्छ ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना अर्थात नवौं महिना हो । गुँला पर्वको महिना बिहान सबेरै स्वयम्भू महाचैत्यमा पुगेर दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्न जाने गरिएको छ । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने यस गुँला पर्वमा सांस्कृतिक बाजागाजाका साथ बुद्ध भगवानको भजन कीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।
उक्त परिक्रमाको समयमा राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । साथै, दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने गरिन्छ । धार्मिक दृष्टिकोणले यस पर्वसँगै रक्षाबन्धन, नाग पञ्चमी, पञ्चदान, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्वहरु आउँछन् ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई२ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

