नेपालले बाघ संरक्षणमा लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनीय- राष्ट्रपति भण्डारी
काठमाडौं । विश्व बाघ दिवसका अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भइरहेको बताएकी छन् ।
साथै, उनले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले संसारभर सकारात्मक पहिचान बनाउन सफल हुनु प्रसन्नताको विषय रहेको बताइन् । उनले भनिन्, ‘हाम्रो देशका विभिन्न भागमा स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ । बाघको चोरी सिकारी तथा बाघका अङ्गहरूको अवैध व्यापार गर्ने ध्येयले गरिने ओसारपसार नियन्त्रणको लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाबाट विश्वव्यापी बाघ संरक्षणको पहलकदमीलाई सार्थक बनाउन थप मद्दत मिलेको छ ।’
राष्ट्रपति भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायहरूको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्याउनु पर्ने बताएकी छन् ।‘जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि जैविक विविधताको संरक्षण गर्न एवम् स्वस्थ पारिस्थितिक प्रणालीको निर्माणमा समेत योगदान गर्ने दुर्लभ वन्यजन्तु बाघको संरक्षणमा अझ ऊर्जाशील भई लागिरहन विश्व बाघ दिवसले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु,’ भण्डारीले भनेकी छन् ।
नेपालले करिब एक दशक अघि रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२० भित्र नेपालमा रहेका बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएको थियो । जसअनुसार सन् २०१८ मा नेपालमा बाघको सङ्ख्या २३५ पुगेको थियो ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


