Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

मकवानपुरमा खोलाले बगाएर एकको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १३
मकवानपुरमा खोलाले बगाएर एकको मृत्यु

काठमाडौं । बुधबार दिउँसो मकवानपुरमा कैलाश गाउँपालिकाको वडा नम्वर ३ र ७ को सिमामा रहेको मनहरि खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

वडा नम्वर ७ का वडाध्यक्ष उदाशकुमार भोलनने ५८ वर्षीय जितबहादुर प्रजाको मृत्यु भएको जानकारी दिए । वडा नम्वर ३ मा रहेको कालिकाटार बजारबाट घरायसी सामान खरिद गरि वडा नम्वर ७ खानीडाँडामा रहेको निवासतर्फ फर्कने क्रममा प्रजालाई खोलाले बगाएको थियो ।

प्रहरीले पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको शवलाई शुक्रबार पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स