आज छानबिन विशेष समितिको प्रतिवेदन सदनमा पेश गरिने..
काठमाडौं । संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई आज दिउँसो ३ बजे प्रतिवेदन बुझाउने समय तय गरेको छ ।
उक्त प्रतिवेदन सभामुखलाई बुझाएपछि सदनमा पेश गरिने जनाइएको छ । तोकिएको म्याद बिहीबार नै सकिएको थियो । जेष्ठ सदस्यको हैसियतमा समितिको संयोजकत्व गरेका लक्ष्मणलाल कर्णले सभामुखलाई प्रतिवेदन बुझाउनेछन् । संसद सचिवालयले संसद भवन नयाँ वानेश्वरमा सभामुखलाई प्रतिवेदन बुझाइने जानकारी दिएको छ ।
प्रतिनिधिसभाको जारी बैठकलाई स्थगित गरेर आजै अर्को बैठक राख्ने, पहिलो बैठक स्थगित गरेर छानबिन समितिको प्रतिवेदन सभामुखले बुझेर दोस्रो बैठकमा पेश गर्ने तयारी छ । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो । सुरुको १० दिनको समय अपुग भएपछि साउन ५ गते ७ दिनको समय थप गरिएको थियो । समितिले प्राप्त समयमै छानबिन प्रतिवेदन सकेको छ ।
समितिले उक्त तयार प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष निकालेको छ ।
सम्बन्धित समाचार
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

