आज खीर खाने दिन, घरमै मिठो खीर यसरी पकाउने..
काठमाडौं । आज साउन १५ गते खीर खाने दिन रहेको छ । हामीले खिरमा प्रायः चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर बनाउने चलन छ । खीर उच्च क्यालोरी भएको खाना हो र यसको पोषण यसमा हालिने चिजले निर्धारण गर्छ । व्रत बसेको समय पनि खीर खाने हाम्रो चलन छ । खीरसँगै फलफूल तथा सब्जी पनि खाइन्छ, जसले थप पोषणको आपूर्ति गर्छ ।
हिन्दु समाज प्रायः मा ‘साउनमा खीर खाने’ भन्ने मान्यता छ । हामीले यसलाई कति बेर पकाउने, के के हाल्ने, कति खाने भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
खीर पकाउने तरिकाः
भिजाएको चामल, मन तातो दुध, घ्यू, चिनी, दुध, दालचिनी, सुकुमेल, ल्वाङ तथा ड्राई फ्रुटमा किसमिस, काजु, नरिवल र बदाम प्रयोग गर्न सकिन्छ । चामल भने बासमती, मोट्टो वा आफूसँग भएको जुनसुकै चामललाई २ घण्टासम्म चिसो वा मनतातो पानीमा भिजाइउनु पर्नेछ ।
चामलको मात्रा हेरी घ्यु भने एकदेखि दुई चम्चा तथा केही टुक्रा ‘ड्राई फुड’ प्रयोग गर्न सकिन्छ । खीरलाई कराई वा प्यानमा पकाउन सकिन्छ । यसका लागि आगोमा भाँडो बसाई सकेपछि केहीबेर त्यसलाई तताउने र त्यसमा एक चम्चा घ्यू हाल्ने गर्नुपर्छ । याद राख्नुहोस आगो (हिट) मध्यम हुनुपर्छ । घ्यू पग्लिसकेपछि त्यसमा भिजाइएको चामल हालेर ३ मिनेटसम्म भुट्नुपर्छ । चामल केहि बेर भुटिसकेपछि भने त्यसमा मनतातो दुध हाल्नुपर्छ । उदाहरणका लागि एक कप भिजाएको चामलको लागि ५ कप दुध आवश्यक पर्छ । आफूलाई कति खीर पकाउन खोजिएको हो त्यसै अनुरुप चामल र दुधको मात्रा बढाउन सकिन्छ ।
केहि बेर भुटेको चामलमा दुध हालिसकेपछि त्यसलाई डढ्न नदिन १५ मिनेट सम्म निरन्तर चलाई रहनुपर्छ । यसो गर्दा खीर पाक्दै जानुका साथै बाक्लो पनि हुँदै जान्छ । जब खीरमा बाक्लो हुँदै जान्छ र सुक्नलाई थोरै दुध मात्र बाँकी रहन्छ तब त्यसमा अघि तयार पारिएर राखिएको ड्राई फुड र चिनी हालेर ३ देखि ५ मिनेटसम्म चलाउनुपर्छ । ड्राई फुडलाई टुक्रा बनाएर वा कोरेर धुलो बनाएर समेत हाल्न सकिन्छ । यति गरी सकेपछि हाम्रो खीर खानलाई तयार हुन्छ ।
सम्बन्धित समाचार
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

