कर छलीको आरोपमा शकिरामाथि ८ वर्ष बढी जेल सजाय
एजेन्सी । कोलम्बियाली पप स्टार शकिरालाई कर छलीको आरोप लागेको छ ।
स्पेनको एक अदालतले कर छलीको आरोपमा शकिराको अपिल खारेज गरेको छ । रिपोर्टका अनुसार स्पेनका अभियोजकले यस मामिलामा शकिराविरुद्ध ८ वर्षभन्दा बढी जेल सजायको माग गर्ने बताएका छन् । यससँगै उनीहरुले २४ मिलियन डलर जरिवाना पनि माग गर्ने तयारी गरेका छन् । तर, अहिलेसम्म अदालतबाट सुनुवाइको मिति दिइएको छैन ।
यसअघि शकिराले आफ्ना वकिलमार्फत् एक बयान जारी गरी सम्झौताको निवेदन खारेज गरेको जानकारी दिएकी थिइन् । उनले भनेकी छन्, ‘म निर्दोष छु । अब यो मुद्दा अदालतमा जान दिनुहोस् । कर छलीका सबै आरोपमा म त्यहाँ आफू निर्दोष भएको प्रमाणित गर्नेछु । मैले कुनै पनि प्रकारको कर छलेको छैन।’ शकिरामाथि कर छलीको आरोप पहिलोपटक सन् २०१८ मा समाचारमा आएको थियो । त्यतिबेला स्पेनका वकिलहरूले गायिकाले २०२१ देखि २०१४ सम्मको आम्दानीमा करिब १५ करोड ५० लाख डलर जम्मा नगरेको आरोप लगाएका थिए ।
यस मामिलामा शकिरा २०१९ को जुनमा अदालतमा हाजिर भइन् । उनले आफ्नो बयानमा गल्ती अस्वीकार गरेकी थिइन् । उनले कर कार्यालयबाट जानकारी पाएलगत्तै रकम जम्मा गरेको पनि बताएकी थिइन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


