सर्लाहीको एक होटेलमा जुवा खेलिरहेका ७ जना पक्राउ
जानकारी केन्द्र
२०७९, श्रावण, १६
काठमाडौं । सर्लाही प्रहरीले होटेलमा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ७ जनालाई पक्राउ गरेको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले उनीहरुलाई आइतबार साँझ ६ बजेतिर बागमती नगरपालिका ३ धरहरास्थित घिसिङ होटेलमा जुवा खेलिरहेका अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ पर्नेमा ३५ वर्षीय सन्चर सिंह घिसिङ, ३२ वर्षीय प्रेमबहादुर बाइबा, हरिवन नगरपालिका ११ बस्ने ३४ वर्षीय मणीलाल बोम्जन, ४२ वर्षीय मनोज कुमार थिङ, ४५ वर्षीय जगत स्याङ्तान, ४१ वर्षीय पनोज कुमार थिङ र बागमती नगरपालिका ३ बस्ने ३० वर्षीया जमुना मोक्तान रहेका छन् ।
प्रहरीले उक्त जुवाखालबाट १६ थान कौडा, एक बुक तास, ५ थान मोबाइलका साथै २ लाख १४ हजार ९७० रुपैयाँ बरामद गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


