Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नारायणगढ-मुग्लिन सडक अवरुद्धले पूर्वपश्चिम राजमार्ग जाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १७
नारायणगढ-मुग्लिन सडक अवरुद्धले पूर्वपश्चिम राजमार्ग जाम

काठमाडौं । पहिरोले सोमबार रातिदेखि चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सडक अवरुद्धको कारणले पूर्वपश्चिम राजमार्गमा पनि जाम भएको छ । भरतपुर महानगरपालिका-२९ स्थित केराबारी र १७ किलो भन्ने ठाउँमा सडक अवरुद्ध भएको छ । ट्राफिक प्रहरी कार्यालयका डिएसपी प्रकाश श्रीमलले सडकमा लेदोसहितको पहिरो खसिरहेकोले पन्छाउन समस्या भएको बागमती प्रदेश जानकारी दिए ।

पहिरो पन्छाउने काम भइरहे पनि आज पनि दिनभर यातायात अवरुद्ध हुनसक्ने जनाइएको छ । साथै, चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ बीचको पुलमा पनि पहिरो गएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स