विप्लवलाई भड्काएर सरकारले शान्ति बिथोल्न खोज्योस् एमालेको आरोप
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले ललितपुर जिल्ला अदालतले विप्लवसहित नेकपा नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केपी ओली सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर शान्ति बिथोल्न खोजेको आरोप लगाए । उनले भने, ‘हिंसाको बाटोमा हिँडेको विप्लव समूहलाई ओली सरकारले तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा ल्याएको थियो ।
तराईको सिके राउतलाई पनि शान्ति प्रक्रियामा आइसकेपछि जनतामा पर्न गएको हिंसाको डर अन्त्य भएको थियो । अब शक्तिको साथ बाच्न पाइन्छ भन्ने परेको थियो ।’ उनले अघिल्लो सरकारले गरेको कामलाई निरन्तर अघि बढ्न पर्नेले अनेक बहानामा काटेको पत्र फिर्ता लिन माग गरे।
सरकारले अहिले अनेक बहानामा पत्र काट्ने र फेरि उहाँहरुलाई विवश भएर फेरि त्यही बाटो रोज्न उद्धत गर्ने बाटोमा लागेको छ । यो कामबाट सरकार तत्काल पछि हट्न र पत्र फिर्ता लिन माग गर्छु’ उनले भने, ‘शान्तिपूर्ण बाटोमा आएर पार्टी दर्ता गरेर अघि बढ्न खोज्नेका विरुद्ध सरकारले चालेको कदमको ध्यानाकर्षण गर्छु ।’
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

