विवाहको तीन महिनापछि आलियाको गुनासो : रणबीरले मेरो खुट्टा मालिस गर्दैनन्
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट हाल गर्भवती छिन् । हालै एक अन्तरवार्तामा आलियालाई रणबीर कपुरले गर्भावस्थामा उनलाई कसरी हेरविचार गरिरहेका छन् भनेर प्रश्न सोधिएको थियो । उनले यसको जवाफमा रणबीरले आफूलाई विशेष महसुस गराउनका लागि धेरै कुरा गर्ने तर खुट्टा भने मसाज नगर्ने बताएकी छिन् ।रणबीरले आलियालाई विशेष ध्यान दिइरहेका छन्
कुराकानीको क्रममा आलिया भन्छिन्, ‘उनले सधैँ मेरो राम्रो तरिकाले ध्यान राख्छन् तर आजकाल विशेष तरिकाले हेरविचार गरिरहेका छन् । तपाईंले ‘रणबीरले खुट्टा मालिस गर्छन् त रु’ भनेर सोध्न चाहनुहुन्छ भने उनले यस्तो गर्दै गर्दैनन् । तर उनले मलाई विशेष महसुस गराउनका लागि धेरै कुरा भने गर्छन् ।’
लण्डनबाट हालै फर्किइन् आलिया
आलियालाई ‘आमा सोनी राजदान र सासु आमा नितु कपुरले पनि विशेष तरिकाले ध्यान दिइरहनुभएको छ त रु’ भनेर सोधिएको प्रश्नमा उनी भन्छिन्, ‘म भर्खरै लण्डनबाट फिल्म ‘हार्ट अफ स्टोन’ को सुटिङ गरेर फर्किएको हुँ । त्यसैले उहाँहरुले त्यस्तो गर्ने अवसर नै पाउनुभएको छैन ।’ रणबीर र आलियाले यसै वर्ष १४ अप्रिलमा परिवार र केही विशेष साथीहरुको उपस्थितिमा विवाह गरेका थिए । विवाह अघि यी दुई पाँच वर्षसम्म प्रेम सम्बन्धमा रहे ।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

