फर्निचर तथा काठको आयात बढ्यो
काठमाडौं । सरकारले वनजंगलबाट उत्पादन हुने काठजन्य सामग्रीमा कडाइ गर्दा फर्निचर तथा काठको आयात ह्वातै बढेको छ ।
मुलुकमा डलर सञ्चितिको अभाव भइरहेका बेला काठ, फर्निचर तथा फर्निसिङ सरसामानको आयात बढेकाले मुलुकबाट आर्थिक वर्ष २०७८/८१ मा मात्रै करिब १८ अर्ब रुपैयाँ विदेशिएको छ । नेपालका वनजंगलमा उत्पादन भइरहेको काठजन्य सामग्री भने कुहिँदै गइरहेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७९ मा सात अर्ब ४४ करोड ७८ लाख ७९ हजार रुपैयाँको काठ आयात भएको थियो ।
त्यसैगरी, सोही अवधिमा फर्निचरजन्य सामग्रीको आयात भने १० अर्ब ३७ करोड ९४ लाख ९५ हजार रुपैयाँको आयात भएको थियो । गत आवमा काठ तथा फर्निचरजन्य सामग्रीको आयात १७ अर्ब ८२ करोड ७३ लाख ७४ हजार रुपैयाँ बराबरको आयात भएको थियो । नेपालमा पर्याप्त मात्रामा वनजंगल भए पनि काठ तथा फर्निचरजन्य सामग्री निर्यातको अवस्था भने निकै कमजोर देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


