ग्लोबल आईएमई बैंकको ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आईएमई बैंक लिमटेडले ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको जनाएको छ ।
यस वर्ष बैंकले ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले छात्रवृत्ति पाएका छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि हरेक वर्ष छात्रवृत्ति दिनेछ ।
बैंकले महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि भई आर्थिक रुपमा सबल बनाउ सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम सञ्चालन भएको जनाएको छ । बैंकले सो कार्यक्रमले आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्रालाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने पनि विश्वास गरेको छ ।
बैंकले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिंदै सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै जानेसमेत जानकारी दिएको छ ।
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


