जापानमा मानिस कुकुर बनेपछि
एजेन्सी । संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो कर्मका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शोकले सबैलाई आश्चर्यमा पारेको छ ।
टोको नामका जापानका यी व्यक्ति अहिले कुकुर बनेका छन् । मानिसबाट बनेको कुकुर टोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर पनि सेयर गरेका छन् । सामाजिक सञ्जालमा यसको निकै चर्चा भइरहेको छ ।
वास्तवमा, जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक व्यावसायिक एजेन्सी श्भउउभत ध्यचपकजयउ कम्पनीले त्यो अनुहारलाई कुकुरको जातको कोलीमा परिवर्तन गरेको छ।
उक्त व्यक्तिलाई कुकुर बन्न यति धेरै मन लाग्यो कि त्यसका लागि उनले ११ लाख रुपैयाँ (लगभग २० लाख जापानी येन) खर्च गरे । यति धेरै पैसा लिएर ती व्यक्तिले यस्तो पोशाक बनाए, जसमा उनी ठ्याक्कै कुकुरजस्तै देखिन्छन् । यो पहिरनमा उनलाई चिन्न गाह्रो छ ।
पोशाक बनाउन करिब ४० दिन लाग्यो। मानिस र कुकुरमा धेरै भिन्नता हुने भएकाले यो पोशाक बनाउन निकै मिहिनेत गरेको कम्पनीले जनाएको छ र टोकोले यो पोशाक लगाएपछि उनीहरू कुकुरजस्तै देखिन चाहन्थे ।
जापानी सञ्चारमाध्यमको समाचार।मायनाभियनले ती व्यक्तिलाई सोधे कि उनले कुलीलाई किन रोजे । जसको जवाफमा उनले भने– कुली मेरो मनपर्ने कुकुर र सबैभन्दा प्यारो हो । मलाई लाग्थ्यो म जत्तिकै ठूलो जनावर राम्रो हुन्छ। लामो कपाल भएका कुकुरहरूले मानव आकृतिहरू लुकाउन सक्छन्, त्यसैले मैले कुली रोजें। यसको पोशाक पनि पूर्ण रूपमा मौलिक देखिन्थ्यो।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


