Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

देशका यि क्षेत्रमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा मृत्यु तथा घाइते – जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १०
देशका  यि क्षेत्रमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा  मृत्यु तथा घाइते – जानकारी केन्द्र

काठमाडौं : काठमाडौं बबरमहलस्थित बिजुलीबजार पुलमा बा.३ ख ८३९८ नम्बरको बसले ठक्कर दिँदा आइतबार गम्भीर घाइते भएका पैदलयात्री काठमाडौं मोचागाल बस्ने ५५ वर्षीय गंगालाल पुरीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पा : झिरुबास–७ लाँकुरीभन्ज्याङस्थित रामपुर–झिरुबास सडकमा लु.१ ज २६४७ नम्बरको जिप सोमबार दुर्घटना हुँदा झिरुबास–६ धार्केसिंङ बस्ने १९ वर्षीय गुणराजसिंह ठकुरी र १९ वर्षीय झनबहादुर पाटाको घटनास्थलमै मृत्यु भएको छ । जिप चालक रामपुर–८ बस्ने २४ वर्षीय लक्ष्मण मल्ललगायत ६ जना पुरुष गम्भीर घाइते भएकोले उपचारको लागि रामपुरतर्फ पठाइएको छ ।
पाल्पा अर्गली–१ कुडापानीमा लु.१ ख ५१८८ नम्बरको बस सोमबार दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि युनाइटेड मिसन अस्पताल पाल्पा पठाइएको र अवस्था सामान्य रहेको छ ।
  सर्लाही : किसनपुर–९ स्थित सडकमा स.२ प ६८६३ नम्बरको मोटरसाइकल आइतबार दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोहनपुर–९ बस्ने २५ वर्षीय सरोज ठाकुरको उपचारको लागि जिल्ला अस्पताल सर्लाहीतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
सुनसरी : रामधुनीभाति नगरपालिका–४ स्थित राजमार्गमा ना.३ ख ७३१५ नम्बरको कन्टेनरको ठक्करबाट आइतबार गम्भीर घाइते भएका पैदलयात्री श्रीपुर–३ बस्ने ३६ वर्षीय सुबी सरदारको ईनरुवा अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको छ । राँगो धपाउदै आएका सरदार र राँगोलाई कन्टेनरले ठक्कर दिँदा राँगो तत्कालै मरेको थियो । कन्टेनर चालक फरार भएकोले खोजी भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जानकारी दिएको  छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स