Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

रियल म्याड्रिडको लगातार पाँचौ जित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २७
रियल म्याड्रिडको लगातार पाँचौ जित

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले लगातार पाँचौ खेलमा जित निकालेको छ। रियलले आइतबार साँझ भएको खेलमा मालोर्कालाई ४(१ गोलले पराजित गर्‍यो । खेलमा अग्रता भने मालोर्काले लियो। उसका लागि मुरिक्वीले ३५ मिनेटमा गोल गरे।

पहिलो हाफको इन्जुरी टाइममा भाल्भार्डेले रियलका लागि बराबरी गोल फर्काए। ७२ मिनेटमा भिनिसिय जुनियरको गोलबाट रियलले अग्रता लियो। ८९ मिनेटमा रोद्रिगोले तेस्रो गर्दा रुडिगरले इन्जुरी टाइमको तेस्रो मिनेटमा रियलका लागि चौथो गोल गरे।

जितसँगै रियलले ५ खेलबाट १५ अंक जोडेको छ। दोस्रो स्थानको बार्सिलोनाको ५ खेलबाट १३ अंक रहेको छ।

Top Changing Nepal

युट्युब सट्स