नेपालको लगातार दोस्रो हार, कतारसँग ३-१ ले पराजित
काठमाडौँ । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । गएराति भएको खेलमा नेपाल कतारसँग ३-१ गोल अन्तरले पराजित भएको हो। शेख अलिबिन मोहमद अल खालिफा स्टेडियममा कतारलाई जिताउन मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दा नेपालले आत्मघाती गोल उपहार पाएको थियो ।
खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरूआती अग्रता दिलाएका थिए । इन्जुरी समयमा मोहमद सुरागले गोल गर्दै कतारलाई पहिलो हाफमा नेपालविरूद्ध २-० को अग्रता दिलाए। खेलको ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ७६ औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरे पनि कतार ३-१ ले विजयी भयो।
यस जितसँगै कतारले प्रतियोगितामा विजयी सुरूआत गरेको छ। कतारले पहिलो खेलमा ३ अंक जोडेको छ । लगातार दुई खेलमा हार व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन। समूह ‘बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ। यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २-० गोलले पराजित भएको थियो ।
यस समूहमा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश रहेका छन्। अब नेपालले बुधबार आयोजक बहराइनसँग खेल्नेछ। यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ। समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन्।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

