उम्मेदवार छान्न राप्रपाले बनायो संसदीय समिति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी निर्वाचनमा टिकट वितरण गर्न पार्टीको संसदीय समिति बनाएको छ । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको हो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आगामी निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोटलगायतका काम गर्न संसदीय समिति गठन गरिएको जानकारी दिए । समितिमा पूर्व अध्यक्षहरू पशुपति शमशेर जबरा, लोकेन्द्रबहादुर चन्द र डा। प्रकाशचन्द्र लोहनी पदेन सदस्य छन् ।
यस्तै, अध्यक्ष लिङ्देनले चन्द्रबहादुर गुरुङ, प्राडा गीताभक्त जोशी, प्राडा जयन्तनाथ खनाल, डा। कान्ता भट्टराई, वरिष्ठ अधिवक्ता राजु बस्नेत, केन्द्रीय सदस्य केदार न्यौपाने, पूर्वसभासद बबिना मोक्तान लावतीलाई संसदीय समिति सदस्यमा मनोनीत गरेका छन् । समितिमा सातवटै प्रदेश समितिका अध्यक्षहरू पदेन सदस्य हुनेछन् ।
राप्रपामा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर आउने क्रम जारी छ ।
राप्रपाले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीका नेता तथा कार्यकर्ताले सांगठनिक निर्माणमा गरेको योगदान, सामाजिक कार्यमा रहेको क्रियाशीलता र व्यक्तिको लोकप्रियताका आधारमा उम्मेदवार छनोट गरिने जनाएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

