आजको मौसम यस्तो
काठमाडौं । काठमाडौं उपत्यकासहित धेरै ठाउँमा अहिले घाम चर्किएको छ । तर, दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार आज वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । त्यस्तै अन्य ठाउँमा भने हल्कादेखि मध्यम पानी पर्ने अनुमान गर्रिको छ ।
यस्तै, आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यसैबीच, आजदेखि पर्सि शुक्रबारसम्म लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भाग भइ बहने नदीमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ ।
यी क्षेत्रमा पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने तथा तथा केहीमा नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रहरू तथा तराईको डुबान भइरहने होचा क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


