रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानको समरकन्दमा भेटवार्ता भएको छ ।
सोही भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा सन्तुलित अडानमा चिनियाँ राष्ट्रपति सीलाई धन्यवाद दिएका छन्। रुस एक चीन नीतिको पक्षमा रहेको र चीनको मामिलामा अन्य देशको हस्तक्षेपको निन्दा गरेको चीनद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
युक्रेनमा भएको आक्रमणपछि रुसी पुटिन र सीबीचको यो पहिलो भेट हो । राष्ट्रपति पुटिनले ‘एक ध्रुवीय संसार बनाउने प्रयास’ को आलोचना गरेका छन् । चिनियाँ राष्ट्रपति सीले चीन रुससँग काम गर्न इच्छुक रहेको बताएका छन् । पुटिन र सीले यसअघि बेइजिङमा भएको शीतकालीन ओलम्पिकमा भेट गरेका थिए ।
चीनले रुससँग संयुक्त सैन्य अभ्यास पनि गरेको छ । साथै रुसले विश्वका विभिन्न देशमा नाकाबन्दी लगाउँदा चीन रुसको साथमा उभिदै आएको छ ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

