एकै परिवारका आठजना सहित अछाममा पहिरोमा पुरिएर २१ को मृत्यु
धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धनजनको क्षति गरेको छ। अछाममा शुक्रबार राति पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको छ। पहिरोमा दुईजना बेपत्ता भएका छन्। कैलालीमा बाढीले बगाएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्।
अछामको कमलबजार नगरपालिका–६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घर पहिरोले पुर्दा एकै परिवारका सातजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
यसैगरी अछामकै कमलबजार–८ डुङ्लाका खिउरे दमाईको घरमा पहिरो खस्दा परिवारका पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। परिवारका मूली खिउरे घाइते भएका छन्।
त्यस्तै अछामको तुर्माखाँदा गाउँपालिका–५ नाडाका नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर पहिरोले बगाउँदा आठजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था अज्ञात छ।
जिल्लाकै ढकारी गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा दुई वर्षीय नवीन बुढाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
यता अविरल वर्षाका कारण आएको बाढीले बगाएर कैलालीको धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँ बस्ने १९ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ भने भजनी नगरपालिका–८ का ५५ वर्षीय कालुराम चौधरीलाई मोहना नदीमा आएको बाढीले बगाएको छ।
बाढीले कैलाली र कञ्चनपुरमा १ हजारभन्दा बढी घर डुबानमा पर्नुका साथै सयौं परिवार विस्थापित भएका छन्।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

