देउसीभैलो राती १० बजेसम्म मात्रै खेल्न गृहमन्त्रालयको अनुरोध- जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, २३
गृह मन्त्रालयले तिहारमा देउसीभैलोलगायतका कार्यक्रम राती १० बजेसम्म मात्रै खेल्न सबैमा अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले विज्ञप्ति जारी गरेर रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पु¥याउन सक्ने भएकाले सुरक्षालाई दृष्टिगत गरी देउसी, भैलो राति १० बजेसम्म मात्रै खेल्न अनुरोध गर्नुभएको छ । विज्ञप्तिमा भुँइचम्पा, पटाका, आतसबाजीजस्ता विष्फोटक पदार्थको प्रयोगबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुनसक्ने भएकाले तिहार तथा छठ पर्वका अवसरमा त्यस्ता विष्फोटक पदार्थको उत्पादन, आयातनिर्यात, बिक्री वितरण, परिवहन तथा प्रयोग नगर्न पनि अनुरोध गरिएको छ । आ–आफ्ना बालबच्चालाई भुँइचम्पा, पटाका, आतसबाजीजस्ता प्रज्ज्वलनशील पदार्थको प्रयोग गर्न नदिन पनि अविभावकहरुलाई मन्त्रालयले अनुरोध गरेको छ
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


