उत्तर कोरियाले गर्यो व्यालिस्टिक मिसाइल प्रहार
काठमाडौँ । उत्तर कोरियाले आइतवार पूर्वी सागरमा एक अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा संचालित एक अमेरिकी विमान वाहक सिउल आएको केही दिनपछि उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हो । ‘उत्तर कोरियाले अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ’, सियोलका संयुक्त चिफ अफ स्टाफले आइतबार बिहान भने ।
उत्तरले सम्भावित ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको टोकियोको रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै जापानको तटरक्षकले जनाएको छ । जहाजहरूलाई सचेत हुन चेतावनी दिइएको छ । उत्तरले प्रक्षेपण गरेको भनिएको वस्तु जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।
मे महिनामा पदभार ग्रहण गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले उत्तर कोरियासँगको असफल कूटनीतिपछि संयुक्त राज्य अमेरिकासँग संयुक्त सैन्य अभ्यासलाई बढाउने वाचा गरेका छन्।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

