Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

रित्तिँदै गाउँ भरिँदै सहर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, ९
रित्तिँदै गाउँ भरिँदै सहर

मकवानपुर । बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट करिब १० किलोमिटर दूरीमा पर्छ, मकवानपुरगढी गाउँपालिका–६ झल्ला । यहाँका भरत चौलागाईं आफ्ना दुई छोरालाई हेटौंडा क्याम्पसमा पढाउन २ वर्ष कोठा भाडामा लिएर बजारमा बसे ।

पछिल्लो दुई वर्षयता भरत रोजगारी क्रममा भारतमा छन् । श्रीमती र दुई छोरा हेटौंडा बजारमै बस्छन् । ‘गाउँमा झन्डै १० कठ्ठा बारी बाँझै छ, यता रासन किनेरै खान्छौं,’ भरतपत्नी कान्छी सुस्केरा हाल्दै भन्छिन्, ‘बजारमा सबै सुविधा छन्, गाउँमा केही छैनन् ।’

भीमफेदी गाउँपालिका–३ की शर्मिला बजु पनि गाउँमा सेवासुविधाका लागि समस्या भएकै कारण बजार झरेको बताउँछिन् । उनको सात जनाको परिवार हेटौंडा–३ मा १० धुर जग्गामा सानो घर बनाएर बसेको छ ।

सुगम क्षेत्र सहरमा सरल दैनिकी खोज्दै गाउँ छाड्ने भरत र शर्मिलाको परिवार मात्रै होइनन् । ‘हेटौंडाबाट मोटरसाइकलमा १० मिनेटमा गाउँको घरमा पुग्छु तर यतै बस्न मन लाग्छ,’ मकवानपुरगढी–५ का सरोज घिमिरे भन्छन्, ‘सहजताका लागि यतै घर बनाए“, कोठा भाडा पनि राम्रै छ, परिवारै यता बसाइँ सर्ने तयारीमा छौं ।’

‘सुखभोग रोजेका कारण मकवानपुरका ग्रामीण बस्तीमा जनसंख्या क्रमशः पातलिँदै छ । ग्रामीण क्षेत्रमा विभिन्न सेवासुविधा पर्याप्त नभएपछि रित्तिने क्रम बढेको आजको राजधानी दैनिकमा खवर छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स